खेरसानबाट सेना फिर्ता गर्दै रुस

नेपालभ्युज

खेरसानबाट सेना फिर्ता गर्दै रुस

रसिया। रुसले युक्रेनको प्रमुख सहर खेरसानबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।

रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रुसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्तिको आदेश भएको हो । आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रुस पछि हटेको छ ।

युक्रेनी अधिकारीहरूले भने रुसी घोषणाप्रति आशङ्का व्यक्त गरेका छन् । रुसी सैनिकले खेरसन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताएका छन् । युद्ध नलडी रूस खेरसनबाट फिर्ता हुन्छ भन्ने युक्रेनीलाई नलागेको युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकलाई उद्धृत गर्दै सिएनएनले बताएको छ ।

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव स्टोल्टनबर्गले रूसी निर्णयको स्वागत गर्दै युक्रेनी सशस्त्र सेनाको साहस र पश्चिमा राष्ट्रको निरन्तर सहयोगको परिणामस्वरूप सैन्य फिर्ती सम्भव भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved