मुस्ताङमा नमुना मतदान : एउटा मतपत्रमा औंठाछाप

नेपालभ्युज

मुस्ताङमा नमुना मतदान : एउटा मतपत्रमा औंठाछाप

जोमसोम। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि धमाधम पालिकास्तरीय नमुना मतदान सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङले आइतबार उपल्लो मुस्ताङको लोघेकर–३ घीलिङ र सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा नमुना मतदान  गरेको हो ।

उक्त नमुना मतदानमा एक मतपत्र औँठाछाप लगाएर मतदान गरेको भेटिएको छ । लोमान्थाङमा ७८ जनाले नमुना मतदानमा भाग लिएकोमा ८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समीर थापाले जानकारी दिए ।

‘लोमान्थाङमा जाडो छल्न मतदाता बेसी झरे पनि आशिंक रूपमा नमुना मतदान उत्साहजक रूपमा सफल भयो,’ उनले भने, ‘८ मत बदर भएकोमा एक मतमा औँठा छाप प्रयोग भएको पाइयो ।’

यस्तै, लोघेकरको घीलिङमा भएको नमुना मतदानमा ३८ जनाले मतदान गरेकोमा १५ मत बदर भएको सूचना अधिकारी थापाले बताए । लोमान्थाङमा भएको नमुना मतदानमा स्थानीयलाई नमुना मतदानबारे स्थानीय भाषा र नेपाली भाषामा जानकारी गराइएको थियो । ’

मुस्ताङका ५ स्थानीय तहमा १० हजार ९५७ जना मतदाता छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved