उम्मेदवारको निधन भएको मोरङ ३ को चुनाव नसर्ने, आजैबाट नयाँ मनोनयन प्रक्रिया

मोरङ ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भए पनि त्यहाँको निर्वाचन नसर्ने भएको छ।

नेपालभ्युज

उम्मेदवारको निधन भएको मोरङ ३ को चुनाव नसर्ने, आजैबाट नयाँ मनोनयन प्रक्रिया

काठमाडौं। मोरङ ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भए पनि त्यहाँको निर्वाचन नसर्ने भएको छ। अब कांग्रेसले अर्को व्यक्तिलाई मैदानमा सार्नुपर्ने त्यो क्षेत्रमा आजबाटै निर्वाचन मनोनयन प्रक्रिया सुरू हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन हुने मितिको सात दिनअघि उम्मेदवारको निधन भएमा निर्वाचन नरोकिने आयोगको भनाइ छ।

यसैले मोरङ ३ को प्रदेशसभा ‘क’ का उम्मेदवार निधन भएको खबर औपचारिक जानकारी आउनासाथ मनोनयन प्रक्रिया सुरू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

सो क्षेत्रमा काग्रेसका उम्मेदवार थापाको निधन भए पनि एमालेका किशोर राई चुनावी मैदानमा छन्।

प्रदेश १ का वन तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved