काठमाडौैं। प्रदेश नम्बर १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। ५६ वर्षका थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए।
सुरूमा डेंगी संक्रमणबाट ग्रस्त थापा एक महिनादेखि बिरामी थिए । उनको उपचारकै क्रममा आज बिहान साढे १० बजेतिर थापाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले नेपाल भ्युजलाई बताए।
उनलाई सुरूमा डेंगी संक्रमण भएको र पछि उनलाई निमोनियासमेत भएको थियो। उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा केही दिन उपचार गराएर पुन: विराटनगर नै लगिएको थियो।
उम्मेदवारकै निधन भएपछि यो क्षेत्रको चुनाव के गर्ने भन्नेबारे आयोगले निर्णय गरिसकेको छैन। थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए।
थापाका श्रीमती, एक छोरी र एक छोरा छन्।
Facebook Comment
Comment