अमेरिकामा मध्यावधि चुनाव : रिपब्लिकनले अग्रता बढाउँदा ट्रम्प मख्ख, बाइडेन निराश

मेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेको छ । सुरुवाती नतिजामा रिपब्लिकन पार्टीले अग्रता बनाएको छ ।

नेपालभ्युज

अमेरिकामा मध्यावधि चुनाव : रिपब्लिकनले अग्रता बढाउँदा ट्रम्प मख्ख, बाइडेन निराश

न्युयोर्क । अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेको छ । सुरुवाती नतिजामा रिपब्लिकन पार्टीले अग्रता बनाएको छ ।

तल्लो सदनका रुपमा चिनिएको हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले सहजै बहुमत ल्याउने अनुमान गरिएको छ । यो खबर तयार पार्दासम्म बीबीसीका अनुसार ४ सय ३५ सदस्यीय तल्लोसभामा रिपब्लिकनले १ सय २६ र डेमोक्र्याटले ७२ सिट जितेका छन् ।यस्तै, १ सय सिटमा निर्वाचन भइरहेको माथिल्लो सदनको लागि भने दुवै निकै प्रतिष्पर्धामा छन् ।

रिपब्लिकनहरूले कङ्ग्रेसको बहुमतलाई चुनौती दिदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन् । प्रारम्भिक नतिजाले ट्रम्प मख्ख र बाइडेन निरास भएका खबर सार्वजनिक भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved