कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जिप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

नेपालभ्युज

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । कालिकोटको तिलागुफा-५ खल्लागाडमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जिप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले नेपाल भ्युजलाई जानकारी दिए ।

एकजनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  तीव्र गतिका कारण जिप अनियन्त्रित भइ खोल्सामा खसेको प्रहरीले अनुमान गरेको छ । जिपका चालक पनि घाइते छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved