जुम्ला पुगेर प्रचण्डले भने, ‘नेपालको राजनीतिमा अब ओलीका दिन सकिए’

जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालको राजनीतिमा केपी ओलीको उपादयता समाप्त भइसकेको दाबी गरे । ओलीले दुईतिहाइको सरकार बचाउन नसकेको, संसद् विघटन गरेर संविधानमाथि घात गरेको तथा पार्टी विघटन गरेर धुजाधुजा पारेको भन्दै प्रचण्डले आक्रोश पोखे ।

नेपालभ्युज

जुम्ला पुगेर प्रचण्डले भने, ‘नेपालको राजनीतिमा अब ओलीका दिन सकिए’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालको राजनीतिमा केपी ओलीको उपादयता समाप्त भइसकेको दाबी गरे ।

ओलीले दुईतिहाइको सरकार बचाउन नसकेको, संसद् विघटन गरेर संविधानमाथि घात गरेको तथा पार्टी विघटन गरेर धुजाधुजा पारेको भन्दै प्रचण्डले आक्रोश पोखे । उनले यो निर्वाचनबाट ओलीको पत्तासाफ हुने दाबी पनि गरे ।

प्रचण्डले भने, ‘७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्य मान्यता भत्काए ।’ ओलीका असंवैधानिक कदमविरुद्ध संघर्ष गर्दा अहिलेको गठबन्धन बनेको भन्दै प्रचण्डले अब नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए ।

मंसिर ४ गते संविधान समाप्त पार्न चाहने र बचाउने शक्ति आमने सामने हुन लागेको भन्दै उनले ओलीलाई मत दिए मुलुक निरंकुशता र अराजकताको भूमरीमा जाने चेतावनी पनि दिए । जुम्लाबाट उम्मेदवार बनेका राप्रपाका ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रचण्डले राजतन्त्रको प्रेतात्माको संज्ञा दिए ।

प्रचण्डले कर्णाली र सुदूरपश्चिमको विकासका लागि गठबन्धन अघि बढ्ने भन्दै चुनावपछि बन्ने सरकारले समृद्ध कर्णालीको अभियान अघि बढाउने आश्वासन समेत दिए । प्रचण्डले जुम्लाबाट माओवादीका उम्मेदवार गोमा कुवँरलाई जिताएर पठाए मन्त्री बनाउने समेत बताए ।

सभामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले रुख, हँसिया–हथौडा र कलम चिह्नमा मत हाल्न अब कुनै संकोच नमान्न आग्रह गरे ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved