युक्रेनको राजधानी कीभमा बिजुली र पानीको चरम अभाव,  सहर छाड्ने तयारी गर्न नागरिकलाई आग्रह 

मेयरले कीभ छाडेर अर्को सहरमा जाने बाध्यताका दिन धेरै टाढा नरहेको संकेत गरेका खबरमा उल्लेख छ । कीभमा जाडोमा औसत तापक्रम निकै घट्ने हुँदा यो बेला उर्जाको झन धेरै माग हुन्छ । तर यसै बेला बिजुली नहुँदा नागरिकलाई निकै समस्या परेको छ ।

नेपालभ्युज

युक्रेनको राजधानी कीभमा बिजुली र पानीको चरम अभाव,  सहर छाड्ने तयारी गर्न नागरिकलाई आग्रह 

कीभ। रुसी आक्रमणका कारण उर्जा उत्पादन केन्द्र ध्वस्त भएपछि युक्रेनमा खानेपानी र बिजुलीको संकट हुँदै गएको छ । राजधानी कीभसहितका सहर खानेपानी र बिजुलीविहिन अवस्थामा रहेका छन् ।

कीभका मेयरले यस्तै अवस्था रहेमा सहर छाड्ने तयारी गर्न नागरिकलाई आग्रह गरेका बीबीसीले जनाएको छ । मेयरले कीभ छाडेर अर्को सहरमा जाने बाध्यताका दिन धेरै टाढा नरहेको संकेत गरेका खबरमा उल्लेख छ । कीभमा जाडोमा औसत तापक्रम निकै घट्ने हुँदा यो बेला उर्जाको झन धेरै माग हुन्छ । तर यसै बेला बिजुली नहुँदा नागरिकलाई निकै समस्या परेको छ ।

“किभका तीस लाख बासिन्दाहरूले बिजुली र पानी भएका अन्य सहरमा बस्ने साथीहरू वा आफन्तहरूसँग बस्नको लागि प्रबन्ध गर्नुपर्छ  ।” सरकारी अधिकारीले भनेका छन् ।

हालैका हप्ताहरूमा लाखौं युक्रेनीहरू बिजुली र पानीको चर्को अभावमा बाँचिरहेका छन् । युक्रेनको ऊर्जा प्रणालीको लगभग ४० प्रतिशत बिजुली प्लान्ट र लाइनहरूमा रूसी आक्रमणबाट क्षतिग्रस्त वा नष्ट भएको छ।अर्को सहरका अधिकारीले पनि पूर्ण रूपमा ब्ल्याकआउटको अवस्थामा पानी आपूर्ति र ढलले पनि काम गर्न बन्द गर्ने चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved