ह्वात्तै बढ्यो सुनको मूल्य

नेपालभ्युज

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन १४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ बढेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको जानकारी दिएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आज एकैदिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved