पाकिस्तानका टीभीमा इमरान खानका भाषण प्रसारण गर्न रोक, अटेर गर्नेको लाइसेन्स खारेज हुने

पेमराले धेरै स्याटेलाइट टिभी च्यानलहरूले प्रभावकारी सम्पादकीय नियन्त्रण र कानूनी तथा न्यायिक आदेशहरूको पालना सुनिश्चित गर्न असफल भएको भन्दै सबै टिभि च्यानलहरूमा इमरान खानका भाषणमा  प्रतिबन्ध लगाइएको जनाएको छ।

नेपालभ्युज

पाकिस्तानका टीभीमा इमरान खानका भाषण प्रसारण गर्न रोक, अटेर गर्नेको लाइसेन्स खारेज हुने

इस्लामावाद। पाकिस्तानका टीभी च्यानलले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खानका भाषण प्रसारण गर्न नपाउने भएका छन् ।  पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी पेमराले इमरान पाकिस्तानका कुनै पनि टिभी च्यानलहरूमा खानको भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएको छ। इमरान खानका भाषण उत्तेजित, देश र समाजमा विभाजन ल्याउने र हिंसा फैलाउने खालका भएका सरकारको दाबी छ ।

पेमराले टिभी च्यानलहरूले पूर्व प्रधानमन्त्री इमरान खानको कुनै पनि भाषण र पत्रकार सम्मेलन प्रसारण नगर्न चेतानवनीसहितको पत्र पठाएको छ ।
पेमराले धेरै स्याटेलाइट टिभी च्यानलहरूले प्रभावकारी सम्पादकीय नियन्त्रण र कानूनी तथा न्यायिक आदेशहरूको पालना सुनिश्चित गर्न असफल भएको भन्दै सबै टिभि च्यानलहरूमा इमरान खानका भाषणमा  प्रतिबन्ध लगाइएको जनाएको छ।

पेमराले निर्देशन उल्लङ्घन गर्ने टिभि च्यानलहरूको लाइसेन्स कारण देखाउ सूचना बिना निलम्बन गरिने जनाएको छ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले पूर्व प्रधानमन्त्री इमरान खानमाथि भएको आक्रमणको छानविन गर्न शक्तिशाली आयोग गठन गर्न आग्रह गरेका छन् । शरिफले प्रधानन्यायाधीश ओमर अता बन्दियाललाई खानमाथि भएको आक्रमणको छानबिन गर्न पूर्ण आयोग गठन गर्न आग्रह गरेका हुन्।

यसअघि हमलापछि इमरान खानले जारी गरेको विज्ञप्तिमा तीन जनालाई आक्रमणको आरोप लगाइएको थियो । पाकिस्तान तहरीक-ए-इन्साफका नेता असद उमरले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र सेना मेजर जनरल फैसल वजिराबादमा लङ मार्चको क्रममा गोलीबारीका लागि जिम्मेवार रहेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री शहबाज शरीफले पीटीआईले लगाएको आरोपको जवाफ दिँदै आफूविरुद्ध थोरै प्रमाण पनि फेला परेमा आफूले सदाका लागि राजनीति छोड्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved