राजश्व छलेर ल्याएको ३४० बोरा चिनी बरामद

नेपालभ्युज

राजश्व छलेर ल्याएको ३४० बोरा चिनी बरामद
फाइल फोटो

सुर्खेत। सुर्खेतको भेरी नगरपालिका–५ को बबईबाट ठुलो मात्रामा चिनी बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले ठूलो परिणाममा भारतबाट चोरी निकासी गरेर ल्याइएको चिनी नियन्त्रणमा लिएको हो ।

दश चक्के ट्रकमा टिकापुर लम्की हुँदै ल्याइएको ५० केजी दरका ३४० बोरा चिनी कात्तिक १६ गते भेरीगंगा नगरपालिका– ५ को बबईबाट नियन्त्रण लिई राजश्व अनुसन्धान शाखा बाँकेमा पठाएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईले बताए ।

उनले उक्त चिनी रुपैडिहा नाकाबाट नआएको बताउँदै कैलालीबाट ल्याइएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved