धमलाको बहसमा हमला, रुपन्देही- ४ मा १ जना घाइते

नेपालभ्युज

धमलाको बहसमा हमला, रुपन्देही- ४ मा १ जना घाइते

काठमाडौं । प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै  रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा आयोजना गरेको मंसिर ४ महासंग्राम कार्यक्रममा कार्यकर्ताबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

बहस कार्यक्रममा  उपस्थित दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पधीसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानाहान र ढुङ्गा प्रहार भएको थियो ।

सोही क्रममा शुक्ला घाइते भएका हुन् भने केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दीप त्रिपाठीले जानकारी दिए ।  उनको  भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको त्रिपाठीले बताए ।

संचारकर्मी ऋषी धमलाले सञ्चालन गरिरहेको कार्यक्रममा त्यस क्षेत्रका उम्मेदवारहरू नेपाली कांग्रेसका प्रमोद यादव, लोसपाका सवेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव गुल्जारी उपस्थित थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved