बार्सिलोनाका पिकेले लिए फुटबलबाट सन्यास

नेपालभ्युज

बार्सिलोनाका पिकेले लिए फुटबलबाट सन्यास

काठमाडौं। बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पिकेले सामाजिक संजालमा एक भिडियो शन्देश जारी गर्दै सन्यासको घोषणा गरेका हुन् ।

‘बाल्यकाल देखि फुटबलर बन्ने होइन बार्सिलोनाको लागि खेल्ने सपना पुरा गरे । सो बालकले आफ्नो सपना पुरा गर्‍यो ।’, पिकेले सो भिडिओमा भनेका छन् ।

पिकेले सोही क्याम्प नाउमा शनिबार हुने खेल नै उनको अन्तिम हुने पनि जनाएका छन् । आफु बार्सिलोनाको बाल्यकाल देखि समर्थक भएको र अगामी दिनमा पनि क्लबलाई पूर्ण रुपमा समर्थन गर्ने उनले उल्लेख गरेका छन् ।

ला लिगाअन्तर्गत बार्सिलोना र अल्मेरिया शनिबार राति भिड्दैछन् । सन् २००८ मा पिके म्यान्चेष्टर युनाइटेडबाट बार्सिलोना आएका थिए । बार्सिलोना एकेडेमीमा नै तालिम गरेका पिकेले सन् २००४ देखि २००८ सम्मको समय यूनाईटेडमा बिताएका थिए ।

उनले बार्सिलोनाको लागि ८ ला लिगा, ३ च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधिसहित ३० ट्रफी जितेका छन् । उनले स्पेनबाट सन् २०१० को विश्वकप र सन् २०१२ को युरोकप पनि जिते ।

बार्सिलोनाका उपकप्तान समेत रहेका ३५ वर्षीय पिकेको यस सिजन भने मैदान बाहिर नै बढी समय वितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved