कोरियाली प्रायद्विपमा तनाव बढ्यो, उत्तरद्वारा लगातार क्षेप्यास्त्र प्रहार

बिहीबार उत्तर कोरियाले स्थानीय समय अनुसार विहान लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। यो क्षेप्यास्त्र ७६० किलोमिटर टाढा पुगेर खसेको थियो । उत्तरले छोटो दुरीका दुईवटा ब्यालेस्टिक मिसाइल पनि प्रहार गरेको थियो ।

नेपालभ्युज

कोरियाली प्रायद्विपमा तनाव बढ्यो, उत्तरद्वारा लगातार क्षेप्यास्त्र प्रहार
फाइल फोटो

काठमाडौं । कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको छ । उत्तर कोरियाले छिट्टै आणविक परीक्षण गर्ने संकेत पनि दिएको बीबीसीले जनाएको छ ।

बुधबार दुवै कोरियाले एकअर्काको जलक्षेत्रमा मिसाइल प्रहार गरेका थिए । उत्तरले भने लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त हवाई अभ्यास गर्दै आएका छन् । जसलाई प्योङयाङले आक्रामक र उत्तेजक भन्दै कडा आलोचना गरेको छ।

बिहीबार उत्तर कोरियाले स्थानीय समय अनुसार विहान लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। यो क्षेप्यास्त्र ७६० किलोमिटर टाढा पुगेर खसेको थियो । तर दक्षिण कोरियाले भने प्रक्षेपण असफल भएको अनुमान गरेको थियो । उत्तरले छोटो दुरीका दुईवटा ब्यालेस्टिक मिसाइल पनि प्रहार गरेको थियो ।

जसका कारण जापान सरकारले बिहीबार बिहान उत्तरी क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न  संकटकालिन चेतावनी जारी गर्नु परेको थियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको बारम्बारको मिसाइल प्रक्षेपणको निन्दा गरेका छन् ।

अमेरिकाले यो प्रक्षेपणबाट छिमेकी र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा पैदा भएको प्रतिक्रिया दिएको छ । उत्तरले लगातार गरेको मिसाइल प्रक्षेपण पछि अमेरिका र दक्षिण कोरियाले आफ्नो संयुक्त हवाई अभ्यास शुक्रबारको निर्धारित मिति भन्दा पछि लैजाने निर्णय गरेका छन् ।

यो निर्णयले उत्तर कोरियालाई झन आक्रोशित बनाउने अनुमान गरिएको छ । उत्तरले सैनिक अभ्यास जारी रहे आणविक परीक्षण गर्ने चेतावनी पनि दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved