कर्णाली नदी किनारमा तीन जिल्लाको सुरक्षा समितिको बैठक

कर्णाली नदी किनारमा तीन जिल्लाको सुरक्षा समितिको बैठक

सुर्खेत। तीन जिल्लाका सुरक्षा अधिकारीको बैठकको दैलेखको आठबिस नगरपालिकाको राकम कर्णालीको नदी किनारमा बसेको छ । आंसन्न निर्वाचनलाई लक्षित गरेर कर्णाली नदी किनारमा तीन जिल्ला सुरक्षा समन्वय बैठक बसेको हो ।

बिहीबार सुरक्षा समन्वय बैंठकमा दैलेख, कालीकोट र अछाम जिल्लाका सुरक्षा समितिका अधिकारीहरू सहभागी भएका छन् ।
समन्वय बैंठकमा दैलेख, अछाम र कालिकोटका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धानबाट जिल्ला प्रमुखहरू सहभागी छन् ।

तीन जिल्लाबीच हुने सुरक्षाका सवालमा बैंठकमा छलफल हुने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डीएसपी) भुवनेश्वर प्रसाद साहले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved