भारत सरकारले निर्वाचनका लागि दियो दुई सय गाडी उपहार

नेपालभ्युज

भारत सरकारले निर्वाचनका लागि दियो दुई सय गाडी उपहार

काठमाडौं। भारत सरकारले आगामी निर्वाचनका लागि उपहारस्वरूप नेपाललाई दुई सय गाडी दिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सय गाडी उपहारस्वरूप प्रदान गरेका हुन्।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी गाडीहरू चुनावका दौरान प्रयोग गरिनेछन्। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा गाडी निर्वाचन आयोगले प्रयोग गर्ने बताइएको छ।

अर्थमन्त्री शर्माले विकास साझेदारीको रूपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए।विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

भारत सरकारले प्रहरी र सशस्त्रलाई अहिलेसम्म झन्डै दुई हजार गाडी सहयोग गरेको छ भने नेपाली सेना र निर्वाचन आयोगलाई करिब चार सय गाडी उपहारस्वरूप प्रदान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved