यात्रु उडाउन नसकेपछि निगमले माफी माग्यो

नेपालभ्युज

यात्रु उडाउन नसकेपछि निगमले माफी माग्यो

काठमाडौं। नेपाल वायु सेवा निगमले आइतबार भएको उडान रद्दका सम्बन्धमा माफी मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान स्वीकृतिविना नै निगमले आइतबार आरए २१७/२१८ उडानको तयारी गरेको थियो।

जबकि, हिउँदकालीन तालिकामा आइतबारको उक्त उडान कटौति गरिएको थियो। निगमले उडान कटौतिको जानकारी पाएपछि पनि सम्बन्धित यात्रुलाई जानकारी गराएको थिएन।

काठमाडौं-दिल्ली-काठमाडौंको उडान आरए २१७/२१८ र सोमबारको आरए २०५/२०६ उडान विशेष कारणवश रद्द भएको जारी विज्ञप्तिमा उल्लेख छ।

यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले दुःख व्यक्त गर्दै यस्तो घटना नदोहोरिन सचेत रहने समेत प्रतिवद्धता व्यक्त गरेको छ।

उडान रद्द भएको कारणबाट गन्तव्यमा पुग्न नसकेको यात्रुहरूलाई वैकल्पिक व्यवस्थाहरूबाट उडान व्यवस्थापन गरिने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved