भाइरल झोलुङ्गे पुलको यस्तो छ बास्तविकता

भाइरल झोलुङ्गे पुलको यस्तो छ बास्तविकता

सुर्खेत। कालीकोटको खाँडाचक्र नगरपालिका–२ जितेबजार र नरहरिनाथ गाउँपालिका-१ लालीघाट बजार जोड्ने कर्णाली नदीमा निर्माण भएको झोगुङ्गे पुल चढ्न लगाईएको भर्‍याङ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त पुलको बास्तविकता भने फरक छ। असोज १९ गतेदेखि आएको बाढीका कारणले कर्णालीमा ठूलो धनजनको क्षति गर्‍यो। सोही बाढीले कर्णाली नदीमा रहेको जितेबजार र लालीघाट बजार जोड्ने झोगुङ्गे पुलको एकतर्फको भाग बगायो।

कर्णाली करिडोर र कर्णाली राजमार्ग जोड्ने पुल भएका कारणले आवातजावतमा समस्या उत्पन्न भएपछि सहजताका लागि पुल चढ्न भर्‍याङ लगाइएको हो। कालीकोट पश्चिम भाग, बाजुराको पूर्वी भाग, मुगुको पश्चिम भाग र हुम्लाका तल्लो क्षेत्रका बासिन्दाहरुले प्रयोग गर्ने प्रमुख मार्गमा यो पुल छ।

आवतजावतमा समस्या आएपछि लालीघाट बजार, जितेबजार र त्यहाँका यातायात व्यवसायी मिलेर शनिबार भर्‍याङ लगाइएको लालीघाटका यातायात व्यवसायी काउन्टरका इन्चार्ज खड्कराज रोकायाले बताए।

‘सामाजिक सञ्जालमा राजनीतिक खिल्ली उडाएजस्तो यो पुलको समस्या हैन्,’उनले भने,‘नागरिक आवातजावतमा समस्या भएपछि हामी स्थानीय सरोकारवाला मिलेर भर्‍याङ बनाएका हौं।’

भर्‍याङ लगाउँदा नागरिकलाई आवातजावतको समस्या समाधान भएको कालीकोट पलाँता गाउँपालिका-८ थिर्पुका स्थानीय सुर्जन रोकायाले बताए। ‘बाढीले झोगुङ्गे पुल क्षति पुर्‍याएपछि आवातजावतमा निकै समस्या रहेको थियो’, उनले भने,‘भर्‍याङ लगाउँदा तत्कालका लागि समस्या समाधान भएको छ’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved