गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुग्यो

नेपालभ्युज

गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुग्यो

गुजरात। भारतको गुजरातको मोरबीमा माचु नदीमा पुल भत्किँदा ज्यान गुमाउनेको संख्या १ सय ३२ जना पुगेको छ । नदीमा अझै धेरै व्यक्ति हराइरहेकाले भारतीय जलसेनाको सहायतामा खोजी र उद्दार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

रातभर २ सय जना उद्दारकर्मी खटिएका थिए । घटनाको जाँच गर्न गुजरात सरकारले एक उच्चस्तरीय छानविन समिति गठन गरेको छ । पुल निर्माण गर्ने कम्पनीविरुद्ध आरोपपत्र दायर भइसकेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएका परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved