ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता ‘लुला’ निर्वाचित

लुलालाई सन् २०१७ मा भ्रष्टाचार अभियोमा नौ वर्षको जेल सजाय सुनाइएको थियो। तर सर्वोच्च अदालतले गत वर्ष उनीमाथिको अभियोग खारेज गरिदिएको थियो ।

नेपालभ्युज

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता ‘लुला’ निर्वाचित
तश्वीर:एजेन्सी

ब्राजिल। ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो ‘लुला’ डा सिल्भा निर्वाचित भएका छन् । यसअघि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनमा पूर्व राष्ट्रपति समेत रहेका लुला निर्वाचित भएका हुन् ।

वर्तमान दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारो दोस्रो कार्यकालको सत्ता जित्न असफल भएका छन्। लुलाले सबै वैध मतको ५० दशमलव ८३ प्रतिशत मत प्राप्त गरेका छन् भने बोल्सोनारोले ४९ दशमलव १७ प्रतिशत मत ल्याएका छन् ।नयाँ राष्ट्रपतिले १ जनवरी २०२३ मा सपथ लिनेछन्।

लुलाले पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएको २० वर्ष भइसकेको छ । लुला सन् १९७० मा धातु मजदुर संघको अध्यक्ष भएदेखि निकै चर्चामा थिए । उनले १९७० मा भएको एक बृहत हड्तालबाट आफूलाई चर्चित बनाएका हुन् । कामदारहरूले उच्च पारिश्रमिकको माग गर्दै भएको आन्दोलन चर्कियो र सैन्य सरकारलाई समेत हराउँदै उनी सत्तामा पुगेका थिए ।

उनले मूल्यवृद्धि घटाउने, उच्च शिक्षा र कल्याणकारी कार्यक्रमहरू जस्ता क्षेत्रमा खर्च बढाउने जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । जसले लाखौं ब्राजिलियनलाई गरिबीबाट बाहिर निकाल्न योगदान पुर्‍याएको थियो ।

तर हालका वर्षहरूमा उनी र उनको पार्टीमाथि अनेक आरोप लागेका थिए । लुलालाई सन् २०१७ मा भ्रष्टाचार अभियोमा नौ वर्षको जेल सजाय सुनाइएको थियो। तर सर्वोच्च अदालतले गत वर्ष उनीमाथिको अभियोग खारेज गरिदिएको थियो ।

लुलाले आफूमाथिका आरोप राजनीति प्रेरित भन्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved