तीन महिनामै १७ लाख बुक तास आयात, साढे ३ करोड रुपैयाँ बाहिरियो 

नेपालभ्युज

तीन महिनामै १७ लाख बुक तास आयात, साढे ३ करोड रुपैयाँ बाहिरियो 

काठमाडौं।  देशमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको भन्दै सरकारले विलासी वस्तुको आयातमा बन्देज र कडाइ गरेको छ । तर विलासिताकै वस्तुमा गणना हुने तासको आयात भने डरलाग्दो देखिएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्यांङ्क अनुसार नेपालमा १६ लाख ९६ हजार दुई सय १२ बुक तास आयात भएका छन् । यी तास आयातको लागि नेपालले तीन करोड ५९ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।

तीन महिनामा चीनबाट १६ लाख ५६ हजार बुक तास आयात गर्दा तीन करोड २५ लाख रुपैयाँ र भारतबाट ४० हजार एक सय बुक तास आयात गर्दा ३३ लाख ५१ हजार रुपैयाँ बाहिरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved