कालीकोटमा द्वन्द्वकालीन घाउका बाछिटा देखिँदै

कालीकोटमा द्वन्द्वकालीन घाउका बाछिटा देखिँदै

सुर्खेत। कालीकोट जिल्लामा विगतको द्वन्द्वकालीन घाउका बाछिटा देखिन थालेका छन् । द्वन्द्वले नराम्री प्रभावित भएको कालीकोटमा जिल्लामा विगतमा द्वन्द्वकालीन अवस्थामा बेवारिसे छाडिएका बमहरू देखिन थालेका छन् ।

कात्तिक ८ गते खाँडाचक्र नगरपालिका–०७ पानिकोपा डाँडा भन्ने स्थानमा गोरेटो बाटोदेखि अन्दाजी २ मिटरनजिकै घाँसको जरामा खिया लागेको अवस्थामा एउटा सकेट बम फेला परेको हप्तादिन नपुग्दै जिल्लाको तिलागुफा नगरपालिका–१० को रानाबाँडामा त्यस्तै खाले बमको विस्फोटनमा परी २ जना बालिकाको मृत्युु हुनुका साथै तीन जना बालबालिकाको घाइते भएका छन् ।

खाँडाचक्र नगरपालिका भेटिएको बमलाई नेपाली सेनाले डिस्पोज गरेकाले ठूलो घटना हुन पाएन् । तर, तिलागुफा नगरपालिका–१० रानावाडामा भेटिएको बमलाई साना बालबालिकाले नयाँ वस्तु भनेर खेलाउँदा विष्फोट भएर २ बालबालिकाको मृत्यु हुनुका साथै ३ जना बालबालिका घाइते भएर अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भीर रहेको छ ।

शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रम र ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको उनीहरूको उपचार कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भइरहेको छ ।

प्रादेशिक अस्पतालमा उपचार हुँदै

कालीकोटमा विस्फोटक पदार्थ पड्किँदा घाइते चार जना बालबालिकालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । शनिबार विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जना बालबालिकालाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको हो । एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा नेपाली सेनाको हेलिकप्टर बालबालिकाको थप उपचारका सुर्खेत लगिएको कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

अनुसन्धान जारी

प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थानमा फलामका टुक्रा भेटिएका र फलामका टुक्रा नयाँ हुन वा पुराना हुन त्यसको अनुसन्धान प्रहरीले गरिरहेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

सकेट बम जस्तो रहेको र त्यो नयाँ हो या पुरानो हो त्यसको अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved