दार्चुलाको विष्फोट घटनामा पीडित परिवारलाई भारतीय पक्षले १० लाख भारु क्षतिपूर्ति दिने

नेपालभ्युज

दार्चुलाको विष्फोट घटनामा पीडित परिवारलाई भारतीय पक्षले १० लाख भारु क्षतिपूर्ति दिने

दार्चुला। सडक निर्माणका क्रममा विष्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले लागेर मृत्यु भएका दार्चुलाका ९ वर्षीय बालक पवन महराको परिवारलाई भारतीय पक्षले क्षतिपूर्ति दिने भएको छ।

भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार्दै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १६ लाख नेपाली रुपैयाँ दिने भएको हो।शनिबार दिनभर मृतकका परिवार र कम्पनीबीच छलफल भएपछि उनीहरूबीच यस्तो सहमति जुटेको हो।

छलफलका क्रममा भारतीय सडक निर्माण कम्पनीले शुक्रबार भएको घटनामा आफ्नो गल्ती भएको स्वीकार गरेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययका अनुसार शनिबार दिनभर भएको छलफलबाट सहमति जुटेसँगै अब बालकको पोष्टमार्टम गरिनेछ। पोष्टमार्टमका लागि शुक्रबार राति नै शव जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ।

भारतले तावाघाट-लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर व्यास गाउँपालिका-२, दुम्लिङ अरतौलीका ९ वर्षीय बालक महराको शुक्रबार मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved