मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

नेपालभ्युज

मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरी । इटहरीमा शुक्रबार साँझ दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र विराटनगर जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दूर्घटनामा परेर गम्भीर घाइते भएका तीनैजनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved