विश्वकप फुटबलमा यस्तो छ कतारको सुरक्षा नीति

नेपालभ्युज

विश्वकप फुटबलमा यस्तो छ कतारको सुरक्षा नीति

दोहा। सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारले विभिन्न १३ देशका सुरक्षाकर्मीहरूको सहायतामा विश्वकपमा सुरक्षा दिने भएको छ।

अल जजिरा टेलिभिजनका अनुसार हालै कतारी सुरक्षा फौज, निजी सुरक्षा गार्ड र विदेशी सैनिकहरूले कतारभरि सुरक्षा अभ्यास गरेका छन्।

फिफा विश्वकप २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुँदै छ। विश्वकप फुटबल हेर्न संसारका विभिन्न मुलुकबाट १२ लाख फ्यानहरू कतार पुग्ने अपेक्षा गरिएको छ।

खेलाडी, अधिकारी, फ्यानलगायतको सुरक्षाका लागि कतारले विभिन्न मुलुकसँग सुरक्षा सम्झौता गरेको छ। तीमध्ये केहीले सैनिकहरू नै कतार पठाएका छन् भने केहीले तालिम, उपकरण र प्राविधिक सहयोग गरेका छन्। टर्की र पाकिस्तानका केही सैनिकहरू कतार पुगिसकेका छन्। फ्रान्स, बेलायत, अमेरिका, मोरक्को, जोर्डनलगायत मुलुकसँग पनि कतारले सुरक्षा सम्झौता गरेको छ।

विश्वकपको मिति नजिकिँदै गर्दा कतारका सडकहरूमा सुरक्षा गतिविधिहरू बाक्लिन थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved