काठमाडौं १ मा २१ राजनीतिक दल चुनावी मैदानमा

नेपालभ्युज

काठमाडौं १ मा २१ राजनीतिक दल चुनावी मैदानमा

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन्।

सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार क्षेत्र नं १ ‘क’मा आठ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

यस्तै क्षेत्र नं १ ‘ख’मा नौ राजनीतिक दल र स्वतन्त्रबाट छ जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौं क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिए।

कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेशसभा ‘क’मा २६ हजार चार सय ३५ र प्रदेशसभा ‘ख’मा १८ हजार पाँच सय ८३ मतदाता छन्। तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता रहेका छन्। सो क्षेत्रमा काठमाडौं महानगरपालिकाका चारवटा वडा समेटिएका छन्।

यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन्। प्रदेशसभा ‘क’तर्फ काठमाडौं महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’मा काठमाडौं महानगरको ३१ वडा समेटिएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved