सुर्खेत। नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको जग कर्णाली प्रदेशबाटै बनेको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा गठबन्धनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले कर्णाली प्रदेशमा प्रतिगमनकारी शक्तिकोविरुद्ध लड्न आफ्ना नेताहरुले योगदान गरेको उनले बताए। ‘‘हामीले पहिलो पटक प्रतिगमनकारी शक्तिलाई पराजित गर्न कर्णालीबाट विद्रोह गरेका थियौँ’’ उनले भने, ‘‘गठबन्धनको जग यही प्रदेशबाट बनेको हो।’’
लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेकोले अहिले गठबन्धन आवश्यक रहेको अध्यक्ष नेपालको दाबी थियो।
‘‘गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेर लोकतन्त्रको हत्या गर्न खोजियो’’ उनले भने, ‘‘मैले ओलीलाई सुधार्न निकै प्रयास गरे। तर, ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सञ्चालन गरे। हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन्।’’
Facebook Comment
Comment