प्याराग्लाइडिङ खुल्दै, एकल उडानमा भने प्रतिबन्ध कायमै

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गराउन भनेको छ। प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानबिन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले मातहतका कार्यालयलाई पत्राचार गरेको छ।

नेपालभ्युज

प्याराग्लाइडिङ खुल्दै, एकल उडानमा भने प्रतिबन्ध कायमै

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गराउन भनेको छ। प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानबिन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले मातहतका कार्यालयलाई पत्राचार गरेको छ।
नवौँ राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निशिम थापाको प्याराग्लाइडिङ उडान भर्ने क्रममा मृत्यु भएपछि प्राधिकरणले देशभर सञ्चालनमा रहेका सबै प्रकारका प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।

प्राधिकरणले बुधबार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले शुक्रबार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिने सहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो।

सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

प्राधिकरणले प्याराग्लाइडिङ सेवा सुचारु गर्न प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र उडान गर्नुपर्ने, उडान भर्ने पाइलटले प्राधिकरणले तोकेको स्वास्थ्य परीक्षणमा योग्य ठहरिएका पाइलटले मात्र उडान भर्न पाउने, व्यावसायिक उडानमा समान पाइलटले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोशाक लगाउनुपर्ने र उक्त पोशाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनुपर्ने भनेको छ।

साथै व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरुको १५ दिनभित्रमा प्राधिकरणले प्राविधिक परीक्षण गरेर उडान भर्न योग्य ग्लाइडरहरुलाई मात्र व्यावसायिक उडान अनुमति दिने, उडान भर्ने पाइलटको आपतकालिन उद्धारको वर्षमा एक पटक प्रयोगात्मक तालिम लिनुपर्ने प्राधिकरणले भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved