अपूर्व क्षितिजको थुनछेक बहस : भन्छन्, ‘मनोरञ्जन दिनेबाहेक अर्को उदेश्य थिएन’

भदौ १० गते ‘नेवाःको परम्परा’ शीर्षकमा युट्युबमा अपलोड भएको भिडियोका कारण सिंहले विभिन्न मुद्दा खेपिरहेका छन् । भिडियोको विरोध भएपछि भोलिपल्ट नै युट्युबबाट हटाएको भन्दै उनले नेवार समुदायको भावनामा चोट पुर्‍याउने आफ्नो कुनै उदेश्य नभएको समेत न्यायाधीशलाई बताए ।

नेपालभ्युज

अपूर्व क्षितिजको थुनछेक बहस : भन्छन्, ‘मनोरञ्जन दिनेबाहेक अर्को उदेश्य थिएन’

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहको थुनछेक बहस बिहीबार सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै सिंहले आफ्नो उद्देश्य हँसाउनुबाहेक केही नभएको प्रष्टिकरण दिएका छन् ।

भदौ १० गते ‘नेवाःको परम्परा’ शीर्षकमा युट्युबमा अपलोड भएको भिडियोका कारण सिंहले विभिन्न मुद्दा खेपिरहेका छन् । भिडियोको विरोध भएपछि भोलिपल्ट नै युट्युबबाट हटाएको भन्दै उनले नेवार समुदायको भावनामा चोट पुर्‍याउने आफ्नो कुनै उदेश्य नभएको समेत न्यायाधीशलाई बताए ।

जातीय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने कार्य नगरेको भन्दै कतिपय शब्द मनोरञ्जनका लागि मात्रै प्रयोग गरेको तर उल्टो अर्थ लागेको समेत बताए ।

अपूर्वविरुद्ध जातीय विभेद, सामाजिक रीतिस्थिति र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको लगायतका अभियोग लगाइएको छ । प्रहरीले उनलाई पहिलो पटक पक्राउ गरेर झण्डै दुई साता हिरासतमा राखेको थियो । तर कोरोना संक्रमणपछि धरौटीमा छाडेको थियो । ३१ असोजमा उनलाई दोस्रो पटक पक्राउ गरेर चारवटा मुद्दा लगाइएको छ ।

 

कमेडियन अपूर्व क्षितिजविरुद्ध अदालतमा ४ वटा मुद्दा दर्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved