बझाङ जीप दुर्घटना: ६ जनाको मृत्यु, ८ घाइते (अपडेट)

नेपालभ्युज

बझाङ जीप दुर्घटना: ६ जनाको मृत्यु, ८ घाइते (अपडेट)

धनगढी । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जीप बुधबार अपरान्ह ४ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ८ जना घाइते भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । प्रहरी र सेना मिलेर उद्धार गरिरहेका छन् । खोंचमा भएकाले उद्दारमा कठिनाई भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

जीपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन । घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा लागिएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved