काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध ४ वटा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गराएको हो ।
उनीमाथि जातीय विभेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याएको, सामाजिक रीतिथिति खलल गरेको साथै सार्वजनिक सेवा अवरुद्ध गरेको जस्ता कसुर लगाएर मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जातीय विभेदसम्बन्धी कसुरको आरोपमा प्रहरीले क्षितिजलाई असोज ३१ गते दोस्रोपटक पक्राउ गरेको थियो । यसअघि भदौ १२ गते पहिलो पटक पक्राउ परेका उनी कोरोना संक्रमण भएपछि भदौ २२ मा हाजिर जमानीमा रिहा भएका थिए ।
उनको मुद्दामा बिहीबारदेखि थुनछेक वहस हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।
कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीका कारण क्षितिजमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले उक्त भिडियो युट्युबबाट हटाएर माफि मागिसकेका छन् ।
Facebook Comment
Comment