सल्यान। अरिंगालले चिल्दा सल्यानमा आमाछोरीको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
अरिंगालले चिल्दा सिद्धकुमाख गाउँपालिका १ हामफालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको ज्यान गएको हो ।
सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार घरभन्दा एक घन्टा टाढाको दुरीमा रहेको खेतमा धान काटेर घरतिर फर्कंदै गरेको समयमा सोमबार बेलुकी शोभा बस्नेत बुढाथोकी, उनकी छोरी प्राप्ति बुढाथोकी र शोभाका काका २१ वर्षीय नवीन बस्नेतलाई धेरै अरिंगालले शरीरका विभिन्न भागमा चिलेका थिए ।
अरिंगालले चिलेपछि घाइते भएका सबैलाई सोमबार बेलुकी नै श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचार गरिएको र त्यसपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा प्राप्तिको त्रिवेणी गाउँपालिकाको शंखमूल नजिकै र शोभाको मेडिकल कलेज कोहलपुर पुगेपछि मृत्यु भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।
Facebook Comment
Comment