कात्तिक १८ अघि सभा नगर्न आयोगको चेतावनी, बाजागाजासहित भोट माग्न निषेध

निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ। चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्था रहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

नेपालभ्युज

कात्तिक १८ अघि सभा नगर्न आयोगको चेतावनी, बाजागाजासहित भोट माग्न निषेध

काठमाडौं। निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ। चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्था रहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उनले चेतावनी दिए।

निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीको भनाइ छ।

‘‘अहिले कोणसभा, आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषयमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन, दलका प्रतिनिधिको सहमतिमा समेत बनेको आचारसंहिताले चुनाव हुने दिनभन्दा १७ दिन अघि भनेकोले कात्तिक १८ गतेदेखि मात्रै चुनाव प्रचारप्रसार गर्न पाइन्छ। त्योभन्दा अगाडि चुनाव प्रचारप्रसार गर्ने लगायतका क्रियाकलाप गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ’’ उनले भने।

यस्तै आयुक्त भण्डारीले अहिले घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा जान सकिने बताए। तर घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने उनले बताए।

अहिले घरदैलोको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved