धनगढी। नेपाली कांग्रेस कैलालीले बागी उम्मेदवारसहित १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ।
कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरूलाई पार्टीबाट निष्कासित गरेको हो। कारबाहीमा पर्नेमा ६ जना उम्मेदवार तथा चारजना उम्मेदवारका प्रस्तावक र समर्थक रहेका छन्।
उनीहरूलाई पाँच वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ख मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ ख मा भरतकुमार शाही, ३ ख का गोविन्दराज जोशी, ३ ख कै लक्ष्मण शाही र ४ ख की भगवती पाठक रहेकी छन्।
यस्तै भरत कुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि पार्टीबाट निष्कासित भएका छन्।
त्यस्तै क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि कांग्रेसले कारबाही गरेको छ। जोशी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको समर्थक बसेका थिए।

Facebook Comment
Comment