राष्ट्रिय कीर्तिमानसहित दीपकलाई स्वर्ण

नेपालभ्युज

राष्ट्रिय कीर्तिमानसहित दीपकलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्णपदक प्राप्त गरेका छन्।

पोखरा रङ्गशालामा आइतबार भएको दौडमा दीपकले सो दूरी ३० मिनेट १० दशमलव ३० सेकेन्डमा पूरा गरेका हुन्। यसअघि, गोपीचन्द्र पार्कीको नाममा भएको ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान दीपकले तोडेका हुन्।

सो दौड गोपीचन्द्रले ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। आर्मीका राजेन्द्र राईले सो दौड ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गर्दै कांस्यपदक प्राप्त गरे। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved