संस्कृतिविद् जोशीको पार्थिव शरीर ललितपुर महानगरको कार्यालयमा पनि राखिने

नेपालभ्युज

संस्कृतिविद् जोशीको पार्थिव शरीर ललितपुर महानगरको कार्यालयमा पनि राखिने

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा पनि राखिने भएको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो ।

अस्पतालले जोशीको शव परिवारले आफ्नो संस्कृति अनुसारको कार्यक्रम सकेपछि ललितपुर महानगरपालिकाको कार्यालयमा श्रद्धाञ्जलिका लागि लगिने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ । जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved