सामूहिक जमानीमा १० लाखसम्म कर्जा प्रवाह गर्दै राष्ट्रिय वाणिज्य बैंक क-कसले पाउँछन् ऋण ?

नेपालभ्युज

सामूहिक जमानीमा १० लाखसम्म कर्जा प्रवाह गर्दै राष्ट्रिय वाणिज्य बैंक क-कसले पाउँछन् ऋण ?

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले सामूहिक जमानीमा १० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने भएको छ । बुधबार बैंकले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गर्दै विभिन्न शीर्षकमा सहुलियतपूर्ण लघु वित्त तथा विपन्न वर्ग कर्जा उपलब्धताको घोषणा गरेको हो ।

वाणिज्य बैंक शैक्षिक प्रमाणपत्र धितो जमानीमा प्रति व्यक्ति रु.७ लाख रुपैयाँसम्म, धितो जमानीमा प्रति व्यक्ति रु. २० लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा १५ लाखसम्मको कर्जा लगानी गर्नेछ भने सो लगानीको सुरक्षण कोषले गर्नेछ सम्झौतामा उल्लेख छ

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान बापत व्यहोर्ने र बाँकी ५० प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लि.ले कोषमा बुझाउनेछ ।

कर्जा प्रवाह र सुरक्षण सम्बन्धी सम्झौता पत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved