बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादीको निर्देशन

नेपालभ्युज

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादीको निर्देशन

काठमाडौं। नेकपा माओवादी केन्द्र प्रदेश १ समितिले स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले आइतबार एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन निर्देशन दिएका हुन्।

नेम्वाङले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन्। विज्ञप्तिमा भनिएको छ,‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उक्त उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं।’

साथै गठबन्धनका विपक्षी उम्मेदवारहरूलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved