मधेश प्रदेशमा भोलि आइतबार सार्वजनिक बिदा

मधेश प्रदेशमा भोलि आइतबार सार्वजनिक बिदा हुने भएको छ। मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदाको निर्णय गरिएको जनाएको छ।

नेपालभ्युज

जनकपुरधाम। मधेश प्रदेशमा भोलि आइतबार सार्वजनिक बिदा हुने भएको छ।

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदाको निर्णय गरिएको जनाएको छ।

मधेश प्रदेशको प्रदेश राजपत्रमा २०७८ चैत्र १८ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना अनुसार पछि यकिन हुने गरी पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको हुँदा मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार भोलि असोज २३ गते मधेस प्रदेश भर सार्वजनिक बिदा हुने सूचना गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जनाएको छ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना समेत व्यक्त गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved