एमाले-जसपा चुनावी तालमेल हुने भएपछि जसपामै फर्किए पूर्वराज्यमन्त्री सिंह

नेपालभ्युज

एमाले-जसपा चुनावी तालमेल हुने भएपछि जसपामै फर्किए पूर्वराज्यमन्त्री सिंह

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका पूर्वराज्यमन्त्री शत्रुधनप्रसाद सिंह पार्टीमै फर्किएका छन्।

दुई दिन अगाडि पार्टी परित्यागको घोषणा गरेका सिंहले आज विज्ञप्ति जारी गरी पार्टीमा फिर्ता भएको बताएका हुन्। उनले आवेगमा आएर भूलवस राजीनामा दिएको भन्दै भूल सुधार गरी पार्टीमा फर्किएको विज्ञप्तिमा जनाएका छन्।

उनले अब पार्टीमै निष्ठापूर्वक रहने प्रतिबद्धतासमेत जनाएका छन्। सत्ता गठबन्धनमा जसपाले सिरहा-२ क्षेत्र नपाउने अवस्था देखेपछि पार्टी परित्याग गरेका सिंह एमाले र जसपाबीच गठबन्धन हुने पुनः जसपामै फर्किएको बुझिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved