वडा सदस्य बेपत्ता भएको ३८ दिनपछि कंकाल भेटियो

नेपालभ्युज

वडा सदस्य बेपत्ता भएको ३८ दिनपछि कंकाल भेटियो
सांकेतिक तस्वीर।

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को ३८ दिनपछि शव भेटिएको छ।

गत भदौ ९ गतेदेखि बेपत्ता राउतको कंकाल आइतबार बेलका नगरपालिका-८ सेतीखोलास्थित माछापुच्छ्रे सामुदायिक बनमा रुखमा झुण्डीएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन्।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन्। डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved