आजदेखि केहि दिन ठूलो पानी पर्दै, धान नकाट्न र यात्रामा सावधानी अपनाउन आग्रह

यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस्तै अबका केही दिन धान नकाट्न र यदि काटेको भए आजसम्ममा भित्र्याइसक्न मौसमविद्हरुको आग्रह छ ।   

नेपालभ्युज

आजदेखि केहि दिन ठूलो पानी पर्दै, धान नकाट्न र यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडौं। सामान्यतया अक्टोबर दुई अर्थात अस्ती आइतबार नै नेपालबाट बाहिरिनुपर्ने मनसुन अझै केही दिन सक्रिय हुने भएको छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा आज मङ्गलबारदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव परेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले  बताए । पूर्वको तुलनामा पश्चिममा निकै भारी वर्षा हुनेछ ।

मङ्गलबार देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशका धेरै र बाँकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।यस्तै बुधवार अर्थात दशैँको टीकाको दिन देशभर बादल लागेर धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बुधवार पश्चिमी क्षेत्रमा बढी पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस्तै अबका केही दिन धान नकाट्न र यदि काटेको भए आजसम्ममा भित्र्याइसक्न मौसमविद्हरुको आग्रह छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved