उत्तर कोरियाले जापानमा ब्यालेस्टिक मिसाइल प्रहार गर्यो, जापानद्धारा जनतालाई सुरक्षित बस्न आग्रह

उत्तर कोरियाको मिसाइल आक्रमणका कारण जापानी सरकारले होक्काइडो टापुका मानिसहरूलाई सुरक्षित स्थानमा बस्न र केही रेल सेवा अस्थायी रूपमा बन्द गरेको बीबीसीले जनाएको छ ।  

नेपालभ्युज

उत्तर कोरियाले जापानमा ब्यालेस्टिक मिसाइल प्रहार गर्यो,  जापानद्धारा जनतालाई सुरक्षित बस्न आग्रह
उत्तर कोरियाले प्रहार गरेको मिसाइल र जापानी प्रधानमन्त्रीलाई भेट्न जाँदै जापानको मन्त्रिपरिषद्का मूख्यसचिव ।

टोकियो। उत्तर कोरियाले उत्तरी जापानमा मध्यम दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको मिसाइल आक्रमणका कारण जापानी सरकारले होक्काइडो टापुका मानिसहरूलाई सुरक्षित स्थानमा बस्न भनेको र केही रेल सेवा अस्थायी रूपमा बन्द गरेको बीबीसीले जनाएको छ ।

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको यो पहिलो पटक हो । जापानले क्षेप्यास्त्र प्रशान्त महासागरमा खसेको र यसबाट कुनै क्षति नभएको बताएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रक्षेपणलाई हिंस्रक व्यवहार भनेर वर्णन गर्दै उक्त कार्यको कडा निन्दा गरेका छन् ।

यस्तै जापान सरकारले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ। “उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ। कृपया सुरक्षित भएर बस्नुहोला,” जापान सरकारले मंगलबार जारी गरेको दुर्लभ चेतावनीमा  उल्लेख छ। अमेरिकाले उत्तर कोरियाको निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ । पूर्वी एसियाका लागि शीर्ष अमेरिकी कूटनीतिज्ञ डेनियल क्रिटेनब्रिंकले उत्तर कोरियाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

प्योङयाङले एक हप्तामा गरेको यो पाँचौं क्षेप्यास्त्र प्रक्षेपण हो। शनिबार पनि  दुई रकेट जापानको विशेष आर्थिक क्षेत्र बाहिर पानीमा खसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved