शुभकामनासहित प्रचण्डको अपील : संघीयता र गणतन्त्र पक्षधरलाई मत दिनुहोस्  

नेपालभ्युज

शुभकामनासहित प्रचण्डको अपील : संघीयता र गणतन्त्र पक्षधरलाई मत दिनुहोस्  

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं, तिहार, छठ, नेपाल सम्वत्, ल्होसार लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना दिएका छन् । प्रचण्डले शुभकामनाको साथमा राजनीतिक अपील पनि गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएको र नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता रहेको प्रचण्डको शुभकामनामा उल्लेख छ ।

उनले लेखेका छन्, ‘हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’

प्रचण्डले नजिकिँदै गरेको निर्वाचनमा प्रतिगमन विरोधीलाई मत दिन अपील गरेका छन्  ।  ‘सांस्कृतिक पर्वहरुको श्रृङ्खला भित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौं । आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’ प्रचण्डले उल्लेख गरेका छन् ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved