सोमालियामा अल सबाबका ४० आतङ्ककारी मारिए

नेपालभ्युज

सोमालियामा अल सबाबका ४० आतङ्ककारी मारिए

काठमाडौं । सोमालियामा सेनाले गरेको कारबाहीमा ४० जना आतंककारीको मृत्यु भएको जनाइएको छ । अल सबाब आतङ्ककारी सङ्गठनका सदस्यको मृत्यु भएको सोमालियाली सेनाले जनाएको छ । मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकु मारिएको बताइएको हो ।

अरु केही घाइते भएको जनाएका छन् ।

सो कारबाहीका क्रममा अल सबाब समूहका एकजना कमाण्डर पनि मारिएको बताइएको छ । त्यसक्रममा अल सबाब आतंककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको सेनाले दाबी गरेको छ ।

कारबाहीका क्रममा सेनाका कमाण्डर पनि मारिएका छन् । हिरान क्षेत्रमा अल सबाबका लडाकुले विगत लामो समयदेखि आतंक मच्चाइरहेको सूचनाका आधारमा सेनाले कारबाही थालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved