ठूला पार्टीबाट भइरहेको ब्रम्हलुट हटाउनुपर्छ : पशुपति शमशेर राणा

नेपालभ्युज

ठूला पार्टीबाट भइरहेको ब्रम्हलुट हटाउनुपर्छ : पशुपति शमशेर राणा

काठमाडौं। राप्रपाका नेता पशुपति शमशेर राणाले देशका ठूला पार्टीका नेता भनाउँदाहरूले देशमा गरिरहेको ब्रम्हलुटको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको पार्टी एकता सभामा बोल्दै आगामी निर्वाचनमार्फत जनमत बटुलेर राप्रपाले विकासको अभियान छेड्नुपर्ने बताए । उनले यो मुलुकलाई उज्यालोतर्फ लैजान सिंगो राप्रपा लाग्ने भन्दै पार्टीका दुईजना युवा नेतासँगै देश बनाउन आफू पनि हिँड्न तयार रहेको बताए ।

‘म ८१ वर्षको मान्छेसमेत मिलेर ठूला पार्टीका नेताको ब्रम्हलुट अन्त्य गर्नुपर्छ । अति भयो’, उनले भने, ‘यो पटकको चुनाव अरु बेलाको जस्तो होइन साँच्चिकै चुनाव हुनेछ । फेरबदल गरेरै छाड्ने हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved