गल्फ लुब्रिकेन्ट्सको दसैँ यात्रुलक्षित फ्री चेकअप क्याम्प सञ्चालन, इन्जिन आयल र स्पेयर पार्ट्स १० प्रतिशत छुट

नेपालभ्युज

गल्फ लुब्रिकेन्ट्सको दसैँ यात्रुलक्षित फ्री चेकअप क्याम्प सञ्चालन, इन्जिन आयल र स्पेयर पार्ट्स १० प्रतिशत छुट

काठमाडौं। नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलले नयाँ योजना ल्याएको छ। नेपाल ल्युब आयल लिमिटेडले दसैँमा आ-आफ्नो घर जाने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारीसाधनलाई लक्षित गरेर फ्रि चेकअप क्याम्प आयोजना गर्दै छ।

सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुनेछ। कम्पनीका अनुसार नेपालीको महान् चाड दसैँको अवसरमा धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कने गरेका छन्। सो यात्रा आरामदायी बनाउन कम्पनीले महत्त्वपूर्ण ठाउँहरू प्हिचान गरी, त्यहाँ प्रि चेकअप क्याम्प आयोजना गरेको जनाएको छ।

गल्फले मलेखु, हेटौडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अत्तरीया, लौकी इटहरीमा क्याम्प स्थापना गरेको छ। सो चम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा पनि १० प्रतिशत छुट दिने जनाएको छ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved