काठमाडौंमा विहानै चर्को घाम, लुम्बिनी र सुदूरपश्चिमका केहि ठाउँमा भारी वर्षाको सम्भावना

आज विहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

नेपालभ्युज

काठमाडौंमा विहानै चर्को घाम, लुम्बिनी र सुदूरपश्चिमका केहि ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज विहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ।

लुम्बिनी प्रदेशका केही ठाउँमा भने राति मात्रै ठूलो वर्षाको अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा भोलि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

केही दिनयता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा लगातार पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । काठमाडौं उपत्यकामा भने विहानैदेखि चर्को घाम लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved