आज विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना

अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बद्ली भएको छ। अन्य प्रदेशको मौसम सामान्य बद्ली भएको छ।

नेपालभ्युज

आज विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं। अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बद्ली भएको छ। अन्य प्रदेशको मौसम सामान्य बद्ली भएको छ।

उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ।

यस्तै, राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतको उत्तर प्रदेश र नयाँ दिल्ली आसपासमा बनेको न्यून चापीय क्षेत्रका कारण अहिले देशभरको मौसम बद्ली भएको हो।

यही प्रणालीका कारण दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने छ। मौसमविद्ले ठूलो वर्षा हुने प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved