काठमाडौं। ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालिको दसैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित “एससीटी तथा युपीआई कार्डको दमदार दशैं धमाका थ्री–डी अफर” ल्याएको हो ।
यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भएको दाबी गरिएको छ । जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु. १,००० (अधिकतम) सम्म क्यासब्याक पाउन सक्नेछन् ।
असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १,००० क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ । जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।
Facebook Comment
Comment